काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ ।
नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो ।
भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया