काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै बोलीको कारण बारम्बार विवादमा आइरहन्छन् । कहिले आफ्नै नेता कार्यकर्तालाई मुखै छाडेर गाली गरेर होस् या कहिले सूचना पढेर ।
आइतबार पनि यस्तै भयो ।
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न पोखरा पुगेका प्रधानमन्त्री देउवा दुई कुरामा नमाज्जाले चिप्लिए । साक्षरता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गण्डकी पहिलो साक्षर प्रदेश रहेको बताए भने ठूला विद्वान् साहित्यकारहरु समेत गण्डकी प्रदेशमा नै जन्मिएको भन्दै भाषण गरे ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले महाकवी लक्ष्मीप्रसाद देवकोटा कविहरु लेखनाथ पौडल र कवि मोतिराम भट्ट समेत गण्डकी प्रदेशमा नै जन्मिएको देउवाले दाबी गरे ।
‘विद्वान जन्मिएको ठाउँ हो यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा यहीँ जन्मे, लेखनाथ पौडेल, मोतिराम भट्ट जन्मिएको ठाउँ हो यो ’, प्रधानमन्त्री देउवाले भने ।
देउवाको दाबी यसकारण ‘फेल’ भयो कि देवकोटा र भट्ट काठमाडौंमा नै जन्मिएका हुन् । भने पौडेलको जन्मस्थान भने कास्की नै हो ।
देउवा प्रधानमन्त्री भएका बेला होस् या पार्टी नेतृत्व गरिरहेका बेला बोलिको कारण बेला बेला विवादमा आइरहन्छन् । यसअघि प्रधानमन्त्री भएका बेला देउवाले एक युवकले सोधेको प्रश्नमा उल्टै झपारेका थिए । भने महासमितिको काठमाडौंमा चलेको बैठकमा शीर्ष नेताहरुलाई नाम नै काढेर बोलाएको भन्दै खुब आलोचना भएको थियो ।
खरो स्वभावका देउवा अलि छिटो बोल्ने र साना तीना कुराहरुमा रिसाइरहने स्वभाव रहेको उनी निकट नेताहरु बताउँछन् ।
कुनै पनि कुरालाई भूमिका नबाँधी सिधासिधा बोल्ने बानी देउवाको रहेको छ । छिटो बोलेकै कारण बोली नबुझिने भनेर आलोचना खेपिरहेका देउवालाई बोलीकै कारण बेला-बेला विवादमा ल्याइरहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया