साफ च्याम्पियनसिप : भारतलाई पराजित गरे नेपाल फाइनलमा

लोकपथ
2.5k
Shares

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज आइतबार नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ९:४५ सुरु हुनेछ ।

६ अंकसहित शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा भारतलाई पराजित गरे फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

Nepal's rank unchanged in FIFA ranking - Khabarhub Khabarhub

आजको खेलमा भारत पराजित भए अन्य खेलको नतिजाले भारत फाइनल पुग्ने वा नपिुग्ने भन्ने टुङ्गो लाग्छ ।

सुरुआती दुई खेलमा जित निकालेको नेपाल आफ्नो तेस्रो खेलमा बलियो टोली भारतसँग जित निकाल्ने उद्देश्यमा हुनेछ । यद्यपि, सात पटकको साफ च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई सहज हुने छैन ।

साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

India remain at 108 in latest FIFA rankings, lose 11 places throughout the year - OrissaPOST

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?