‘कठपुतली’ ले जित्यो विन्टर फिल्म फेस्टिभलमा दुई अवार्ड

लोकपथ
112
Shares

काठमाडौं । भीमसेन लामाको निर्देशनमा रहेको नेपाली फिचर फिल्म ‘कठपुतली : द पपेट’ले विन्टर फिल्म अवार्ड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुईवटा अवार्ड जितेको छ। सम्पदा मल्लको लेखनमा बनेको फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ हात पारेको हो।

न्युयोर्कमा सम्पन्न विन्टर फिल्म फेस्टिभलमा यो फिल्म प्रिमियर भएको थियो। फिल्मको कथा, पटकथा र संवाद मल्लले लेखेकी हुन्। उनी फिल्मको कार्यकारी निर्मातासमेत हुन्। पृथ्वी राना मगर निर्माता रहेका फिल्ममा कर्मा, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्केलगायतले मुख्य भूमिका निर्वाह गरेका छन्।

फिल्मलाई नेपालभित्र छिट्टै रिलिज गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। परिस्थिति असामान्य नबने आगामी पुस–माघसम्म फिल्म नेपालमा रिलिज हुने लेखक सम्पदा मल्ले जानकारी दिइन्। ‘अवस्था सामान्य बन्दै गएकाले फिल्म क्षेत्रमा केही आशा जागेको छ। डिसेम्बररजनवरीतिर नेपालमा रिलिज गर्ने तयारीमा छौँ,’ मल्लले भनिन्।

त्यसैगरी उक्त फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको मल्लले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?