काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आह्वान गरेका छन् । पूर्ण बैठक (फूलकोर्ट)मा दशैँ बिदाको अवधिमा मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरु तोक्ने एजेन्डामा छलफल गर्न आज २ बजेदेखि बैठक बोलाएका हुन् ।
घटनास्थापनादेखि नै सर्वोच्च अदालतमा दशैँ बिदा हुन्छ । तर, बन्दीप्रत्यक्षीकरण लगायतका मुद्दामा भने सुनुवाइ रोकिँदैन । बिदामा त्यस्ता मुद्दामा सुनुवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्न फुलकोर्टको बैठक राखिएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया