काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी उद्धार अभियानका क्रममा ११औँ दिनसम्ममा चार जनाको जीवितै उद्धार गरिएको छ ।
हिजो शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कविर महर्जनको बाढी आएको १०औँ दिनमा जीवितै उद्धार गरिएको थियो ।
शनिबार आज अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ । उनलाई उद्धारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
त्यसैगरी, नुवाकोटको बेत्रावतीमा बाढीबाट क्षति पुगेको घरको संरचनाबाट चण्डिका श्रेष्ठको पनि जीवितै उद्धार गरिएको छ । उनलाई सशस्त्र प्रहरी बलका इन्स्पेक्टर महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो ।
बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी छ ।
सुरुङभित्र अझै मानिस फसेको हुनसक्ने आशंकामा सुरक्षाकर्मी तथा प्राविधिक टोलीले खोजीलाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया