काठमाडौं । बलिउडका खान भन्नासाथ हाम्रो दिमागमा आउने नाम भनेकै सलमान खान, शाहरुख खान र आमिर खान हो । उनीहरुले करिब २ दशकदेखी बलिउडमा आफ्नो समय बिताएका छन् । बलिउडमा निकै चर्चित तीन खान आफ्नो अभिनयका कारण करोडौंँ फ्यानहरुको मनमा बस्न सफल भएका छन् ।
हालसालै एक अन्तरवार्तामा बलिउडका अर्का सफल अभिनेता सैफ अली खान आफैंलाई उद्योगको चौथो खानको रूपमा रहेको बताएका छन् ।

उनले उक्त अन्तरवार्तामा आफूले आफैलाई उद्योगको चौथो खान बताएका छन् । उनी भनेका छन् उद्योगको तीन खान पछि सफल खान मै हो । हामी सबै एक अर्का बाट फरक छौं। उनले खान एक सामान्य उपनाम मात्र भएको बताएका छन् ।
साथै उनले शाहरुख खान, सलमान खान र आमिर खानको बारेमा कुरा पनि गरेका छन् ।
सलमानको बारेमा यसो भन्छन् सैफ :
सलमान खान आफ्नो सुरुवाती दिन देखि एक सुपरस्टार हो। सलमानले कहिल्यै पछाडि फर्केर हेरेनन्। सलमानको जीवनमा जुनसुकै उतार चढाव आए पनि उनको दिमागले काम लिन्छन् । सैफ अली खानले स्वीकार गरेका छन् की हिट फिल्म बनाउने क्षमता सलमानसँग छ ।
शाहरुख खानलाई ‘महत्वाकांक्षी’
सैफ अली खानले शाहरुख खानलाई ‘बादशाह र महत्वाकांक्षी अभिनेता’ भनेका छन् । शाहरुख खानको संसारलाई हेर्ने आफ्नै तरीका छ। सैफले शाहरुख खानको यस दृष्टिकोणको प्रशंसा गरे सैफ अली खानले शाहरुख खानलाई ‘बादशाह’ मान्ने बताए । सैफ र शाहरुखले फिल्म ‘कल हो ना हो’ मा सँगै काम गरेका थिए।
आमिर खानको प्रशंसा :
सैफ अली खानले पनि आमिर खानको प्रशंसा गरेका छन् । उनले आमिर खानलाई भिजन भएको कलाकार बताएका छन् । साथै उनले आमिर भविष्यको बारेमा सोच्न सक्ने कलाकार रहेको बताएका छन् । सैफ अली खान भन्छन् कि आमिर खान आफ्नो दिमागराम्रो तरीकामा उपयोग गर्छन्।
सैफ अली खान भन्छन् कि उनी तीन खानहरु भन्दा फरक छन् र उनी यसमा गर्व गर्छन्। “मैले एक सम्मानित क्यारियर बनाएको छु जसको लागी म गर्व गर्दछ।”
हालै सैफको फिल्म ‘भूत पुलिस’ रिलिज भएको छ, जसलाई दर्शकहरुले धेरै माया दिएका छन्। यस फिल्ममा सैफले मुख्य भूमिका निभाएका थिए। उनी यतिबेला फिल्म ‘आदिपुरुष’ को छायांकनमा व्यस्त छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया