आर्यन पक्राउ प्रकरण : सलमान पुगे शाहरुख खानको घर, सपोर्टमा छन् यी स्टार

लोकपथ
4.3k
Shares

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आइतबार १५ घन्टा सोधपुछ गरेको छ ।

एनसीबीले मुम्बाइबाट गोवा जाँदै गरेको क्रुजमा ड्रग्स पार्टी चलिरहेको कारण उनलाई पक्राउ गरेको थियो।

घटनामा कुल आठ जना पक्राउ परेका छन्। आर्यन बाहेक मुनमुन धामेचा र अरबाज सेठ व्यापारीलाई अदालतमा पेश गरिएको छ । दालतले तीनै जनालाई एक दिन हिरासतमा राखी एनसीबीलाई बुझाएको छ।

आर्यन खान

शाहरुख खानका छोरा पक्राउ परेपछि बलिउड सेलिब्रेटीले शाहरुखलाई समर्थन जनाएका छन् ।

धेरै बलिउड स्टारहरु शाहरुख खानको लागी आफ्नो समर्थन दिएका छन्। आर्यन पक्राउ परेपछि सलमान खान राती शाहरुखको घर पुगेका थिए । उनका धेरै तस्बिरहरु पनि सार्वजनिक भएका छन्।

सलमान आफ्नो कारमा शाहरुखको बंगला बाहिर पपराजीको क्यामेरामा कैद भएका थिए। सलमानले मानिसहरुलाई टाढा जान इशारा गरेका थिए। यस बाहेक, पूजा भट्ट र सुचित्रा कृष्णमूर्ति र सुनिल शेट्टीले पनि शाहरुखलाई समर्थन जनाएका छन् ।

सुनिल शेट्टीले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । सुनीलले भने, “जब कुनै छापा हुन्छ, केहि मानिसहरु लाई हिरासतमा लिईन्छ। यस्तो स्थितिमा, हामी यो धारणामा बस्यौं कि त्यो केटाले लागुऔषध सेवन गरेको हुनुपर्छ।” उनले थपे,”त्यो बच्चालाई थोरै सास फेर्न दिनुहोस्। सही रिपोर्टको लागि पर्खनुहोस्।”

सुनील शेट्टी, आर्यन खान

पूजा भट्टले ट्वीट गरी लेखेकी छिन्, “म यो कठिन समयमा शाहरुखको साथमा छु, यद्यपि तपाइँलाई यसको आवश्यकता छैन तर म तपाइको साथमा छु छु। यो समय पनि बित्नेछ”। पूजा भट्टले शाहरुखसँग फिल्म चाहटेमा काम गरिसकेकी छिन्।

पूजा भट्ट

एनसीबी स्रोतहरुका अनुसार आर्यन खान एनडीपीएस ऐनको धारा २७ अन्तर्गत पक्राउ परेका छन्। गिरफ्तार पछि आर्यनसहित तीन अभियुक्तहरुलाई मुम्बाइ को जेजे अस्पताल लगिएको थियो, जहाँ उनीहरुको मेडिकल जाँच गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?