एमाले विधान महाधिवेशन : प्रश्नहरुको जवाफ दिँदै महासचिव पोखरेल

लोकपथ
98
Shares

लतितपुर । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आज समापन हुँदैछ ।

महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अहिले पार्टीका महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिईरहेका छन् ।

यस अघि उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिए । त्यसपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिनु हुने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची रहेको छ । त्यसै गरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ । ३ दिनसम्म जारी महाधिवेशन पार्टीका अध्यक्ष ओलीले सम्बोधन गरेपछि समापन हुनेछ । शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गरेको सो महाधिवेशनमा देशभरका ६ हजार बढि प्रतिनिधिहरु सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?