सामन्था र नागा चैतन्यको डिभोर्स, सामन्थाले ५० करोड पाउने

लोकपथ
1.3k
Shares

काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था र उनको श्रीमान् नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेका छन् । सामन्थाले सम्बन्धविच्छेद बारे आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएकी हुन् ।

उनीहरुको जोडीलाई दक्षिण भारत फिल्म उद्योगमा सबैभन्दा धेरै लोकप्रिय जोडको रुपमा चिनिने गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले सम्बन्धविच्छेदपछि ५० करोड रुपैयाँ पाउनेछिन् ।

Naga Chaitanya and Samantha Akkineni announce separation after 4 years of marriage | Celebrities News – India TV

पछिल्लो समय नागा आफ्नो परिवारको विस्तार गर्नको लागि योजना बनाइरहेका थिए । तर सामन्थाले आफ्नो करियरको यो महत्वपूर्ण समय रहेकाले बच्चाको लागि आफू तयार नरहेको बताएकी थिइन् ।

समन्थाले सामाजिक सञ्जालमा आफ्नो नामबाट अक्किनेनी थर हटाएपछि उनको र नागाको सम्बन्धविच्छेदको खबरहरु बाहिर आउन थालेका थिए । हालै, सामन्था नागा चैतन्यको फिल्म रिलिज पार्टीमा अनुपस्थित देखिएकी थिइन् ।

यसपछि पनि उनीहरुबीच सम्बन्ध राम्रो नभएको धेरै समाचारहरु बाहिर आएका थिए । नागार्जुनले हैदराबादमा आफ्नो छोराको लागि पार्टी आयोजना गरेका थिए, जसमा आमिर खान पनि उपस्थित थिए, तर सामन्था उक्त पार्टीमा कतै पनि देखिएकी थिइनन् ।

नागा चैतन्य, सामंथा अक्कीनेनी

सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यले २०१७ मा विवाह गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?