आफ्नै छन् महानायक-महानायिका, जसले डुबेको फिल्म क्षेत्र उकास्ने ल्याकत राख्दैनन्

लोकपथ
2.4k
Shares

दिपेन्द्र अधिकारी-काठमाडाैं । रजतपटमा राजेश हमाललाई महानायक भनिएकोमा सबैभन्दा बढी रुष्ट भुवन केसी छन् । राजेश हमालले भद्रगोल शैलीमा फिल्म खेलेको र रजतपटको स्तर उकास्न योगदान कम रहेको उनको तर्क हुन्छ । सार्वजनिक मञ्चमा कहिले महानायक राजेश हमाल नै हुन् भन्ने त कहिले हमाललाई महानायकको उपाधि दिएको आधार र प्रमाण खोज्ने उनको बानी छ ।

साथी चाहिएला तर जीवनसाथी नभए नि हुन्छ'— भुवन केसी

राम्रो र छनोटको सफल फिल्म खेलेकाले महानायकमा उनको दाबी रहँदै आएको छ । त्यसैले उनले महानायक उपाधीको वैधानिकतामा प्रश्न उठाइरहन्छन् । अर्का अभिनेता शिव श्रेष्ठसँगै भुवन केसीले अभिनेत्री गौरी मल्ललाई महानायिकाको उपाधि भिराइदिएका छन् । ‘डाँडाको बरपीपल’ फिल्मको गीत रिलिज कार्यक्रममा उनीहरूले गौरीलाई महानायिका बनाइदिएका हुन् । आफूलाई महानायिका सम्बोधन गरेको सुन्दा गौरी केही भावुक बनेकी थिइन् । उपाधि पल्ला भिराउने काम यतिमै रोकिएन ।

कोरोनाको त्रासदीबाट निराश दर्शकलाई मनोरञ्जन दिनु मेरो अभीष्ट हो : शिव श्रेष्ठ, नायक-निर्माता - Nawakantipur

भुवनले राजेशसँगको शीतयुद्ध र तुष पोखिहाले र शिव श्रेष्ठलाई पनि महानायकको पहरी लगाइदिए अनि, निर्धक्क बोले, ‘जसले पाकिस्तानदेखि नेपाल थर्कायो । थुप्रै सुपरहिट चलचित्र दिएको छ । ऊ महानायक नभएर को हुन्छ ?’के–का आधारमा महानायक वा महानायिका चुन्ने ? यसको मपदण्ड यहीँ हो भन्ने छैन । त्यसैले त यहाँ महानायक–महानायिकाको उपाधि सधैँ विवादित छ । अभिनेता राजेश हमाललाई ’महानायक’ भनेदेखि नै सुरु भएको हो । एक टिभी अन्तर्वार्तामा प्रस्तोताले राजेश हमाललाई महानायक सम्बोधन गरे । पछि चलचित्र प्रविधिक संघको ९औँ वार्षिक उत्सवमा पनि राजेशलाई महानायक सम्बोधन गरियो । त्यसयता कतिपयले राजेशलाई नै महानायक स्वीकारे ।

लकडाउनका समयमा निर्देशक दीपाश्री निरौलाले पनि राजेश हमालको महानायक उपाधिमाथि प्रश्न गरेकी थिइन् । जसका कारण दीपाश्रीले राजेशका समर्थकबाट नमीठो गाली भेटिन् । अन्ततः दीपाले माफी नै माग्नुपर्‍यो।

म अविवाहित हुँ,यौन आनन्द पनि लिइरहेकी छु : दीपाश्री निरौला - Khabar Break

यस प्रकरणमा झण्डै डिप्रशनमा पुगेको दीपा निकट नायक नायिका बताउछन् । केही फिल्मकर्मीले यसलाई मशला बनाइरहे । अर्का निर्देशक सोभित बस्नेतले भन्ने गरेका छन्, ’औचित्य नै नभएको संस्थाले महानायक बनाएर हामीले त्यसलाई स्वीकार्दैनौँ । असली महानायक त भुवन केसी हो ।’ आफ्नो ’महानायक’ उपाधिमाथि प्रश्न उठिरहँदा राजेश हमाल भने मौन रहे । उनले आफूलाई दिएको महानायक उपाधि गुमाउन चाहेनन् । बरु उल्टै आफ्ना समर्थकलाई सम्बोधन गर्दै दीपाश्रीलाई माफी दिन बोले ।

यता आफूलाई महानायक बनाइदिने फिल्मकर्मीसँग भुवन दंग छन् । र शिवलाई पनि महानायक उपाधि दिएका छन् । जसको राजेशसँग रिसिइबी छ । त्यो नभए, भुवनसँग निकट व्यक्तिले नै उनलाई महानायक भनिरहेका छन् । महानायकको जुगाँको लडाइ चल्दै छ । वरिष्ठ फिल्मकर्मीलाई फिल्म क्षेत्र कोल्याप्स भएकोमा मतलब छैन, मानौ महानायक उपाधिले डुबेको फिल्म क्षेत्रलाई छुमन्तर गर्छ ।

महानायिका को ?

गौरी मल्ललाई पछिल्लो समय महानायिका बनाइयो । अहिले त अभिनेत्रीहरूलाई पनि ’महानायिका’ बन्ने रहर जागेको छ र बेतुकको प्रतिस्पर्धामा फिल्मकर्मी राम्रैसँग भीडेका छन् । केही समयअघि एक संस्थाले अभिनेत्री करिश्मा मानन्धरलाई ’महानायिका’को उपाधि दियो । अभिनेता राजेश हमालले नै करिश्मालाई महानायिकाको ब्याज लगाइदिएका थिए ।

सिंहदरबार २' मा प्रधानमन्त्री बन्दै अभिनेत्री गौरी मल्ल

आफूलाई महानायिका घोषणा गरिदिँदा करिश्मा मख्ख परिन् । तर, उनलाई दिइएको यो पदवी कतिपय फिल्मकर्मीलाई स्वीकार्य भएन । करिश्मालाई नै महानायिका नस्वीकारेका बेला भुवन र शिवले गौरीलाई महानायिका बनाइदिएका छन् । भुवन र शिवले आफूलाई महानायिका घोषणा गर्दा गौरी पनि मख्ख हुने नै भइन् । तर, आफ्नो बचाउमा उनले भनिन्, ‘यो देशमा उपाधिको कुनै औचित्य छैन । मान्छेलाई विभिन्न किसिमका उपाधिले सिंगारेको देख्छु । तर, मलाई उपाधि चाहिँदैन ।’

महानायिकाकै प्रसंगमा अभिनेत्री रेखा थापालाई सो उपाधिको लागि योग्य रहेको कुरा पनि उठिरहेको छ । नायिका भएर लडाकु स्वभावमा पर्दामा नायकत्व देखाएकी हुन् रेखाले । कोही अभिनेत्रीले नै हलसम्म दर्शक तान्न ल्याकत राख्न सक्थ्यो भने त्यो रेखा थापा नै थिइन् । यस विषयमा रेखा पनि मौन छिन् । उनी पनि आफ्नो बचाउमा नै जवाफ दिन्छिन्, ’मलाई कुनै उपाधिको मोह छैन ।’ गौरी मल्लले भनेजस्तै, नेपालमा कुनै उपाधिको औचित्य छैन ।

सरकारले औपचारिक रूपमा हल खोलेको महिना दिन पुग्नै लाग्यो । देशभरका हल एकै पटक नखुलेसम्म हलमा फिल्म नै नलगाउने हल सञ्चालकहरुले बताउँदै आएका छन् । असोज २१ गतेबाट सम्पूर्ण हल खुल्ने भनिए पनि दर्शकले हल खुलेको अनुभुति गर्न पाउने छैनन् किनकी ठूला ब्यानरका नयाँ फिल्म हेर्न पाइने छैन । बितेका डेढ वर्षसम्म हल बन्द हुँदा हल व्यवसायीले महिनाको एक अर्ब रुपैयाँभन्दा ज्यादा घाटा बेहोरे । हल खुल्नु वा नखुल्नुभन्दा फिल्मकर्मीलाई हुनुपर्ने पिर हो- खुलेका हलमा कुन फिल्म देखाउने र दर्शकलाई हलसम्म कसरी तान्ने ? तर, फिल्मकर्मी अहिले यतातिर चिन्ता गर्नुको साटो नेतासँग भेटघाटको समय मिलाउन व्यस्त छन् ।

महानायक, महानायिका मात्र होइन नेपाली फिल्म उद्योगमा सुपरस्टार, एक्सन किङ, सदाबहादर नायक, रियल स्टार, मेगास्टार आदि अनेक उपाधिले विभुषित हिरो-हिरोइन छन् । एउटाले एउटालाई उपाधि दिन्छ, जसलाई चित्त बुझ्दैन उसले त्यही उपाधि फेरि अर्कोलाई दिएको छ । उपाधिधारी हिरोको फिल्म शुक्रबार रिलिज हुन्छ, दर्शकले पत्याइदिदैनन् । महामारीपछि हल खुल्दा कुनै फिल्म चलाएर दर्शक बोलाउने हिम्मत कुनै उपाधिधारीमा छैन ।

दर्शकले उनीहरुको फिल्म किन हेर्ने भनेर औचित्य समेत पुष्टि गर्न नसकेका फिल्मकर्मीले उपाधिको लािग प्रतिस्पर्धा गरिरहेका छन् । महानायक–महानायिकाका वा सुपरस्टारका फिल्मले नेपाललाई विश्वमा चिनाउनु त परको कुरा १० मिनेट दर्शक टिकाउने ल्याकत राख्दैनन् । आफूले गरेको काममा नै असफल मानिसलाई अर्को असफल मानिको झुण्डले नै अनेकथरी उपाधि भिराउने काम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?