मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग

रोल्पा, ६ वैशाख । संघीय सरकारका ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनले रोल्पाका चार गरीब विद्यार्थीलाई शैक्षिक सहयोग हस्तान्तरण गर्दै विद्यालय भर्ना अभियानको उद्घाटन गरेका छन् ।राष्ट्रिय भर्ना अभियानअन्तर्गत सदरमुकाम लिवाङमा रहेको बाल कल्याण नमूना माविको कक्षा १ मा कविता शाही, कक्षा २ मा बविता शाही, कक्षा ३ मा प्रशंसा सेन र कक्षा १० मा छवीन्द्र विष्टलाई भर्ना गरेसँगै शैक्षिक सहयोगस्वरुप जनही रु १० हजारसमेत बुधबार हस्तान्तरण गरेका हुन् ।भर्ना गरिएका सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर हुनुका साथै घरमा बाबुसमेत नभएकाले मन्त्री पुनले शैक्षिक सहयोग गरेका बालकल्याण नमूना मावि, लिवाङका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए । उनीहरुलाई सो विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिन लागेको प्रधानाध्यापक पोख्रेलले जानकारी दिए ।मन्त्री पुनसँगै पूर्व सभामुख ओनसरी घर्तीमगरसमेत भर्ना अभियान उद्घाटन कार्यक्रममा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?