काठमाडौं । नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षकको जागिर खानेविरुद्ध आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक महेन्द्रराज शाहीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
शाहीले जुम्लाको तिला गाउँपालिका वडा नं ९ मा रहेको श्री ज्योति माध्यमिक विद्यालयमा नक्कली अध्यापन अनुमति पत्र पेस गरी जागिर खाएका थिए ।
उनीले आर्थिक वर्ष २०७८–०९७ मा प्राप्त भएको नक्कली लाइसेन्स पेस गरी निम्न माध्यमिक तहको अंग्रेजी विषयको शिक्षकको रुपमा नियुक्ति लिए ।
उनले ०७९ साल जेठ १५ गते करार शिक्षकमा नियुक्ति लिइ राष्ट्र सेवकको ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको सजाय हुने मागदावीसहित बिहीबार अख्तियारमा आरोपपत्र दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया