मोदीले दिए लता मंगेशकरलाई जन्मदिनको शुभकामना

लोकपथ
119
Shares

काठमाडौं । लता मंगेशकर जसले आफ्नो आवाजले लाखौं दिलमा राज गरेकी छिन् आज उनको ९२ ओं जन्मदिन हो । उनले २००१ मा भारतको सर्वोच्च सम्मान ‘भारत रत्न’ बाट सम्मानित भएकी थिइन् । लता मंगेशकर एक यस्तो जीवित व्यक्तित्व हुन् जसको नामको पुरस्कार दिइने गरिएको छ ।

लता मंगेशकरको लागी गित गाउनु पूजा जस्तै हो, त्यसैले उनी सधैं रेकर्डिङ गर्दा खाली खुट्टा गाउने गरेकी छिन् ।

आज लता मंगेशकर को जन्मदिन हो । उनको १९२९ मा भारतको इन्दौरको प्रसिद्ध संगीतकार दीनानाथ मंगेशकरको घरमा भएको थियो। लताले सानै उमेरमा गायनमा महारत हासिल गरेकी थिइन् र विभिन्न भाषाहरुमा गीत गाएकी छिन् । लता मंगेशकरको जन्मदिनमा, उनलाई देश र विदेशबाट बधाई सन्देशहरु आइरहेका छन् ।

उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

लता मंगेशकर र पीएम मोदी

जन्मदिनको शुभकामना दिँदै मोदीले लेखेका छन् , “आदरणीय लता दीदीलाई जन्मदिनको शुभकामना। तपाइँको मधुर आवाज सारा संसारमा सुनियोस । व्यक्तिगत रूपमा तपाइँको आशीर्वाद महान शक्तिको एक स्रोत हो। लता दीदीको लामो र स्वस्थ जीवनको कामना गर्दछु”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?