काठमाडौं । काठमाडौंमा १३ जना जुवाडे पक्राउ परेका छन् । कागेश्वरी मनोहरा वाड नं-७ हरहर महादेवस्थित स्थानीय ५५ वर्षीय कमल दाहालको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रभाग काँडाघारीबाटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक अनिल पण्डितले लोकपथलाई जानकारी दिए ।
‘एक स्थानीयको घरमा १० जना पुरुष र ३ जना महिला जुवा खेलिरहेको अवस्थामा हामीले पक्राउ गरेका छौं । थप अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाउन लागेका छौं ।’ प्रहरी निरीक्षक पण्डितले बताए ।
घटना काँडाघारीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया