काठमाडौं । अभिनेत्री भूमी पेडनेकर पछिल्लो समय जलवायु संरक्षणको लागि आवाज उठाइरहेकी छिन् । उनले सामाजिक मञ्चहरुमा जलवायु संरक्षणको लगातार बोलिरहेकी हुन्छिन् ।
हालसालै पेडनेकरलाई न्यूयोर्कबाट एक निमन्त्रणा प्राप्त भए छ । न्यूयोर्कमा आयोजिना हुने ‘जलवायु सप्ताह’मा उनलाई बोलाइएको छ।
यही हप्ता न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा भूमी बदलिँदो परिदृश्यमा पृथ्वीमा जलवायु संरक्षणको लागि भारतको भूमिका कति महत्त्वपूर्ण छ भन्ने बारेमा चर्चा गर्नेछिन् ।
भूमि पेडनेकर सुरुदेखि नै जलवायु संरक्षणको वकालत गर्ने गरेकी छिन्। उनको आफ्नै सामाजिक प्लेटफर्म ‘क्लाइमेट वारियर’ पनि लगातार यस काम गरिरहेकी छिन् । सबै बैठकहरुमा भूमिले स्पष्ट पारेकी छिन् कि जलवायु संरक्षण अब उनको जीवनको लक्ष्य हो र एक जलवायु संरक्षण योद्धाको रूपमा उनी मानिसहरुलाई सक्रिय बनाउने प्रयासमा हुने छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया