राज कुन्द्राले गरे जमानतको माग, भन्छन्- ‘मेरो संलग्नता प्रमाणित गर्न आरोपपत्रमा कुनै प्रमाण छैन’

लोकपथ
749
Shares

काठमाडौं । पोर्नोग्राफी मुद्दामा फसेका अभियुक्त राज कुन्द्राले जमानतको माग गरेका छन्। उनले शनिबार अदालतमा जमानत निवेदन दायर गर्दै आफूलाई बलिको बकरा बनाइएको दाबी गरेका छन् ।

कुन्द्राले भनेका छन् -‘आपत्तिजनक फिल्म बनाउनमा मेरो प्रत्यक्ष संलग्नता प्रमाणित गर्नका लागी दायर गरिएको पूरक आरोपपत्रमा कुनै प्रमाण छैन। त्यसैले जमानत माग गरेको हुँ ।’

शिल्पा शेट्टी-राज कुंद्रा

राज कुन्द्रा जुलाई १९ मा प्रहरीले पक्राउ परेको थियो । क्राइम ब्रान्चले भर्खरै राज कुन्द्रा र तीन अन्यको विरुद्ध एक अश्लील फिल्म बनाएको र केही एपको सहयोगमा प्रसारण गरेको आरोपमा पूरक आरोपपत्र दायर गरेको छ ।

उनीहरुविरुद्ध भारतीय दण्ड संहिता र सूचना प्रविधि ऐनको विभिन्न धाराहरुअन्तर्गत मुद्दा दर्ता गरिएको छ। हाल राज कुन्द्रा न्यायिक हिरासतमा छन्। उनले आफ्नो वकिल प्रशान्त पाटिलमार्फत जमानत निवेदन दायर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?