देउवा सरकारलाई ओलीको प्रश्न : पैसा बाँडेर गरिबी हट्छ ?

लोकपथ
65
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पैसा बाँडेर गरिबी हट्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् । बिहीबार (आज) काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले ५ लाखलाई १० हजार एकपटक बाँडेर गरिबी बढ्छ ? भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत असोजमा गरिबलाई १० हजारका दरले रकम दिन निर्णय गरेपछि देउवा सरकार आफ्ना कार्यकर्तालाई सो रकम बाँड्न लागेको ओलीले आरोप लगाएका छन् ।

‘को को गरिब ? जो जान्छ त्यही गरिब, कुनै मापदण्ड छ ? केही छ ? ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?, रोजगारी सिर्जना हुन्छ ? ओलीले देउवा सरकारलाई प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?