आजैदेखि विकसित देश बनाउने प्रण गर्न प्रधानमन्त्री ओलीको अपिल

काठाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् ।हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताए । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भने, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’’प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको बताए । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ,’’ उहाँको भनाइ थियो, ‘‘सबै ठाउँको महत्व आ–आफ्नै छ ।’’प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउँदै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाए । कर्णालीबाट जडिबुटिको प्रबद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गर्नुभएको थियो ।प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गरेका थिए । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?