भरतमणिका लागि गगन थापाले मागे भोट

लोकपथ
973
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कमेडी च्याम्पियन सिजन–२ का फाइनलमा पुगेका भरतमाणि पौडेलका लागि भोट मागेका छन् ।

उनलाई जिताउन मेमोरियल कजेजले अभियान चलाउँदै आएको छ । सोही अभियान अन्तरगत कलेजले आयोजना गरेको कार्यक्रमा नेता गगन थापालाई बोलाइएको थियो ।

कार्यक्रममा थापाले अहिलेसम्म कुनै प्रतिष्पर्धीका पक्षमा यसअघि आफू नखुले पनि अब भने भरतमणिलाई भोट माग्ने बाहना मिलेको बताएका थिए ।

“कमेडी च्याम्पियन पहिले नहेरे पनि पछिल्लो समय मैले अधिकांश हेरेको छु । कार्यक्रम हेरिसकेपछि भरतमणि भैदियोस भन्ने सदभाव जागेको छ,” थापाले भने, “पहिले यो कुरा सार्वजनिक रुपमा भन्ने आँट नगरे पनि जिपी कलेजको विद्यार्थी भनेर थाहा पाइसकेपछि मलाई अव निर्धक्क भोट माग्ने बाहना मिलेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?