ललितपुर । ललितपुरमा पसलभित्रै ३२ वर्षीया महिला बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा रहेका छन् ।
मगरले ती महिलालाई उक्त पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेका थिए ।
करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया