मेलम्चीको दनुवार गाउँमा पहिरो

RSS
7
Shares
{“caption”:”u0938u093fu0928u094du0927u0941u092au093eu0932u094du091au094bu0915u0915u094b u092du094bu091fu0947u0915u094bu0938u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu092cu093eu091f u091au0940u0928 u091cu094bu0921u094du0928u0947 u0924u093eu0924u094bu092au093eu0928u0940 u0928u093eu0915u093e u0915u094du0937u0947u0924u094du0930u0915u094b u092du093eu0938u093fu090fu0915u094b u0938u0921u0915 u0964 u0905u0935u093fu0930u0932 u0935u0930u094du0937u093eu0915u093e u0915u093eu0930u0923 u0938u0921u0915 u0930 u092au0941u0932 u092du093eu0938u093fu090fu092au091bu093f u092du094bu091fu0947u0915u094bu0938u0940u2013u0968 u0924u093eu0924u094bu092au093eu0928u0940 u0928u093eu0915u093e u0936u0928u093fu092cu093eu0930 u092cu093fu0939u093eu0928u0948u092cu093eu091f u0920u092au094du092a u092du090fu0915u094b u091b u0964 u0924u0938u094du092cu093fu0930 u0938u094cu091cu0928u094du092f : u092du094bu091fu0947u0915u094bu0938u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093e”,”photographer”:””,”alt_text”:””}

मेलम्ची । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।

उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरेका छन् । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

रु ६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ

सहकारीमार्फत रु ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?