काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७७ असोज ३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा बुधबार प्रकाशित भएको छ ।
अन्तिम नतिजामा ५ हजार २ सय २७ जना उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका छन् ।
सिफारिस मुख्य उम्मेदवारहरुलाई २०७८ असोज ६ गते बिहान ११ बजे सम्बन्धित परीक्षा केन्द्रहरु (प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगंज, दिपायल र महानगरीय प्रहरी शिक्षालय) मा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचित गरेको छ ।
उक्त सूचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया