अधिकारीद्वारा लिखित ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

लोकपथ
42
Shares

काठमाडौं । पत्रकार तथा लेखक प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयको सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले बुधबार संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपाल १ सय ४ वर्षको जहानियाँ राणा शासन कालमा भएका शिक्षाको विकासक्रमलाई खोजमूलक तथा ऐतिहासिक शैक्षिक लिखत, दस्तावेज समेटिएका छन् । नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीको भनाइ छ । अधिकारीले यसअघि ‘एसएलसीको इतिहास’ कृति लेखेका थिए।

पुस्तकमा समेटिएका सामग्री १५ अध्यायमा विभाजित छन् । पुस्तकमा दरबार हाइस्कुलका शिक्षक र तिनका खान्की, भाषा पाठशाला स्थापनाभएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखतलगायत समेटिएका छन् । पुस्तक एडुसञ्जालले प्रकाशन गरेको पुस्तकको पातलो गाताको मूल्य ५५० र मोटो गाताको मूल्य ८५० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?