अक्षय कुमारकी आमाको निधनमा सलमान खानले दिए श्रद्धाञ्जली

लोकपथ
3.4k
Shares

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधनमा बलिउडका स्टार सलमान खानले दु:ख व्यक्त गरका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा एक पोष्ट लेख्दै सलमानले अरुणा भाटियालाई श्रद्धाञ्जली दिएका हुन् ।

अरुणा भाटियाको आज बिहान निधन भएको थियो । उनी पछिल्लो केही महिनादेखी बिरामी थिइन् । अक्षय कुमारले आफ्नो आमाको निधन भएको जानकारी दिएका थिए ।

अक्षयकी आमाको स्वास्थ्यमा अचानक धेरै समस्या देखिएपछि उनलाई हिजो मंगलबार मुम्बईको हीरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?