संखुवासभा घटना : ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइयो

लोकपथ
7
Shares

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएकाहरुको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

आवश्यक अनुसन्धानपछि प्रहरीले मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको हो ।

मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ ।

सोमबार अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । सोमबार बिहान उनका छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?