डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४औँ सत्र सुरू, अध्यक्षताको जिम्मेवारीमा नेपाल

लोकपथ
7
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४ औं सत्र (२०७८ भाद्र २१ देखि २५) को भर्चुअल माध्यमबाट आयोजना शुभारम्भ भएको छ । आयोजनामा अध्यक्षताको जिम्मेवारी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वहन गरेको छ।

आज दक्षिणपूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरू (बङलादेश, भुटान, भारत, इन्डोनेसिया, माल्दीभ्स, म्यानमार, नेपाल, श्रीलंका, थाइल्याण्ड टिमोर लेष्टे र डीपीआर कोरीया)का माननीय स्वास्थ्य मन्त्रीज्यूहरू, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीहरूलगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरू, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिकसमाजका प्रतिनिधिहरूको उपस्थितिमा यस सत्रको शुभारम्भ भएको छ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?