काठमाडौं । बालुवाटारको ललिता निवास प्रकरणको रिटमा सुनुवाइ हुँदैछ ।
न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा सो मुद्दाको सुनुवाइ हुने भएको हो । रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर स्थगित हुँदै आएको थियो ।
पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा मुद्दा परेको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहितलाई मुद्दा चलाएको थियो । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया