नारायणहिटीमा सुनौलो बग्गी सार्वजनिक

लोकपथ
336
Shares

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सोमबार बग्गी सार्वजनिक गरेका हुन् ।

उक्त बग्गी तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने गरेका थिए ।

यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?