५० हजार घुससहित नापी अधिकृत समातिए

काठमाडौं, २९ चैत । नापी कार्यालय, उदयपुरका कार्यालय प्रमुख (नापी अधिकृत) श्यामबाबु प्रसाद साह ५० हजार घुससहित अख्तियारको फन्दामा परेका छन् ।गाईघाटस्थित एक जग्गाको नक्शा सुधार संशोधन गर्ने प्रयोजनको लागि घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।उनलाई नापी कार्यालय उदयपुरको सरकारी निवासवाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?