काठमाडौं । गण्डकी प्रदेशका ४ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङ जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको हो ।
पर्वतमा शुक्रबार राति आएको पहिरोले प्रसारण लाइनको टावर ढलाएका कारण ती जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको बताइएको छ ।
सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना र र मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने प्रशारण लाइनको टावर ढालेको थियो ।
मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइन अन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया