आर्यन तामाङ र तारा श्रीसको पहिलो गीत ‘मायाको चौघेरो’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन–३ का लोकप्रिय प्रतियोगी आर्यान तामङ र तारा श्रीस मगरको पहिलो गीत ‘मायाको चौघेरो’ सार्वजनिक भएको छ । शुक्रबार एक पत्रकार भेटघाट कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रोमान्टिक शैलीको गीतमा युवा गायक तथा सङ्गीतकार जोसेफ शाही ठकुरीको शब्दरसंगीत रहेको छ । अहिलेका उदीयमान म्युजिक एरेन्जर तथा गायक विषम आचार्यको संगीत संयोजनले गीत थप सशक्त बनेको छ । ‘ए वन म्युजिसियन स्टुडियो’मा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन् ।

गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल सरोज राना प्रजा र विना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । विनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहानी गीतको भिडियोमा समेटिएको छ । गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।

भक्तपुर दरबार स्क्वायरको सेरोफेरोमा खिचिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । बसन्त कुँवरको छायाङ्कन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

 हेर्नुहोस् भिडियो  : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?