कक्षा १२ को परीक्षा तयारीमा करिश्मा मानन्धर

लोकपथ
630
Shares

काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री करिश्मा मानन्धर अहिले फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी छिन् ।

योसँगै करिश्माको व्यस्तता अहिले पठनपाठनमा पनि छ । उनी अहिले भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारीमा छिन् ।

यसैसाता करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै व्यापार व्यवसायमा समेत हात हालेकी छिन् ।परीक्षा नजिकिएपछि अहिले करिश्माले व्यापारको जिम्मा छोरी कवितालाई दिएकी छिन् ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा यही भदौ ३० गतेदेखि हुने भएपछि उनी तयारीमा व्यस्त छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?