ओखलढुंगा । ओखलढुंगामा १६ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् । बलात्कार गरेको अभियोगमा प्रहरीले एक जानलाई पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–९ बस्ने ३३ वर्षीय भोला कटवाल रहेका छन् ।
कटवालले ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया