काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुन जस्तो देखिने धातुसहित डोल्पा ठूलो भेरी नगरपालिका–७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
फ्लाइ दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र इमरजेन्सी लाइटमा लुकाई ल्याएको उक्त धातु सहित पक्राउ गरेको हो।
साथै उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया