भारतद्वारा बाढी पीडितलाई वितरण गर्ने राहत सामग्री हस्तान्तरण

लोकपथ
49
Shares

काठमाडौं ।  बाढी पीडितलाई वितरण गर्ने राहत सामग्री नेपालस्थित रहेको भारतको महावाणिज्य दूतावासले हस्तान्तरण गरेको छ ।

भारत सरकारको तर्फबाट भारतका महावाणिज्यदूत नितेश कुमारले संसद एवं नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई उक्त राहत सामग्री आज बुधबार हस्तान्तरण गरेका हुन् ।

महावाणिज्यदूत कुमार र सांसद चौधरीले संयुक्त रूपमा जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब सयभन्दा बढी बाढीपीडितहरूलाई एउटा पाल र एउटा सुत्ने म्याटलगायत राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिलगायतका सामग्रीहरु रहेका छन् ।

उक्त राहत सामाग्री प्रदेश नं २ का ६ वटा जिल्लाहरुमा बाढी प्रभावित परिवारहरुलाई वितरण गरिने बताइएको छ । स्थानीय प्रशासनसँग समन्वय गरी प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्ला उक्त राहत सामग्री वितरण गरिने सांसद चौधरीले बताइन्।

बाढी पिडितहरूको लागि राहत सामग्रीको एक खेप हस्तान्तरण गरिएको महावाणिज्य दूतावासले जनाएको छ । उक्त उपहार नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको नियमित मानविय सहायता र नेपाललाई विपद् राहत सहयोगको हिस्सा रहेको दूतावासले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?