काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टसमा काठमाण्डूका कप्तान करण केसीले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनले जनकपुरलाई पहिले फिल्डिङ गर्न बोलाएका छन् ।
काठमाण्डू गोर्खाज यस सिजनको पहिलो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत गर्न चाहन्छ । गत संस्करणमा काठमाण्डू लिग चरणमा १० अंकसहित तेस्रो स्थानमा रहेको थियो। तर, इलिमिनेटर खेलमा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो ।
यता, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स पनि जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया