काठमाडौं । बलिउड स्टारहरुले लग्जरी लाइफ बिताउने गरेका छन् । ठूला आलिशान घर, गाडी, बडीगार्ड आदि । बलिउड इन्डस्ट्रीका स्टार हरुले करोडौंको कमाइ गर्ने गरेका छन् । एड सुट होस् वा फिल्ममा उनीहरुलाई निकै ठूलो पैसा पाउने गरेका छन् ।
तर पनि बलिउडका केही स्टारहरु भाडाको घरमा बस्ने गरेका छन् ।
आज हामी त्यस्तै बलिउड स्टारहरुको कुरा गर्दै छौं जो भाडाका घरमा बस्ने गरेका छन् ।
अनुपम खेर :
बलिउड अभिनेता अनुपम खेरको इन्डस्ट्रीमा निकै ठूलो नाम रहेको छ । उनले यो उचाइ पाउन निकै मिहिनेत गरेका छन् । उनको अभिनयलाई पनि फ्यानहरुले निकै रुचाउने गरेका छन् ।
पछिल्लो समय उनले टीभी शो पनि चलाएका थिए । उनी निकै लामो समयदेखि बलिउडमा चर्चामा रहेका छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार अनुपम खेर मुम्बाईमा भाडाको घरमा बस्छन् ।

उनले हालसालै आफूबस्ने घर भाडाको रहेको र आफ्नो आमाको लागि शिम्लामा एक घर रहेको बताएका छन् । हिन्दुस्तान टाइमसका अनुसार अनुपम खेरले एक अन्तर्वारतामा मुम्बाईमा आफ्नो घर नभएको बताएका छन् ।
अिभिनेत्री कटरीना कैफ :
अिभिनेत्री कटरीना कैफ इन्डस्ट्रीमा निकै चर्चित छिन् । उनले धेरै हिट फिल्महरु गरिसकेकी छिन् ।

उनी मुम्बाईमा भाडाको घरमा बस्छिन् । पहिले उनी कार्टर रोडमा सिल्वर सैन्डेस अपार्टमेन्टमा बस्थिन । हाल उनी मुम्बाईको अन्धेरी वेस्टको मौर्या हाउसमा आफ्नो बहिनी इसाबेलसँग बस्ने गरेकी छिन् ।
अभिनेता ऋतिक रोशन :
अभिनेता ऋतिक रोशन केही समयअघि रियल स्टेटमा पैसा लगानी गरेको खबर सार्वजनिक भएको थियो । ऋतिक रोशन भाडाको घरमा बस्ने गरेका छन् । उनले २०२०बाट जुहूको अपार्टमेन्टमा बस्न थालेका हुन् ।

उनी अहिले बस्ने गरेको घर बलिउड स्टार अक्षय कुमारको घरकै छेउमा रहेको छ । उनले उक्त घरको भाडा ८.२५ लाख भारती रुपैयाँ तिर्ने गरेका छन् ।
जैकलीन फर्नान्डिस :

जैकलीन फर्नान्डिस अभिनेत्री प्रियंका चोपडाको घरमा भाडामा बस्ने गरेकी छिन् । उनले उक्त घरको ६.७८ लाख भारती रुपैयाँ दिने गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया