काठमाडौं । बलिउड र साउथ फिल्मबाट निकै चर्चा कमाउन सफल अभिनेता हुन सोनू सूद । कोरोना कहरकाबीच उनले धेरै मानिसहरुको ज्यान बचाएका थिए । उनको हेल्पिङ नेचरका कारण उनी सबैमाझ लोकप्रिय छन् ।

सोनूको एक जना ६९ वर्षीय फ्यान जाग्गम राजू उनलाई भेट्न आन्ध्रा प्रदेशबाट १ हजार ४ सय ५० किलोमिटर टाढा आएका छन् ।
६९ वर्षीय जाग्गम राजू आफ्नो स्कुटरमा १ हजार ४ सय ५० किलोमिटरको दूरी तय गरेका छन् ।

जाग्गम राजू सोनू सूदको समाज सेवाबाट प्रवाभित भएर उनलाई भेट्न सो दूरी पार गरेका उनले बताएका छन् ।

राजूले सोनूसँगको भेट घाटमा उनको निकै प्रशंसा गरेका छन् । यस्तो फ्यानहरुका कारण आफूलाई आत्मबल बढ्ने र हौसला मिल्ने गरेको सोनूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया