काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बयोधा अस्पतालमा स्ट्रोक रोगका कारण उपचाररत टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
करिब तीन हप्ता पहिले स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीत – ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया