‘केजीएफ-२’ को प्रदर्शन मिति घोषणा, फिल्म विश्वभर रिलिज हुने

लोकपथ
140
Shares

काठमाडौं । अन्ततः दर्शकहरुको लामो पर्खाइबीच प्रतिक्षित दक्षिण भारतीय फिल्म केजीएफको दोस्रो श्रृंखलाले प्रदर्शन मिति घोषणा गरेको छ ।

अंग्रेजी वर्ष २०२२ को अप्रिल १४ मा फिल्म विश्वभर नै प्रदर्शन हुने भएको छ । आइतबार नयाँ पोस्टरसहित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । नयाँ पोस्टरमा अभिनेता यशसहित प्रकाश राजसमेत चित्रित छन् ।

नयाँ रिलिज डेट घोषणा भएपछि फिल्मका फ्यानमाझ खुशि छाएको छ । अभिनेता संजय दत्त, यशसहितले आफ्नो क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?