काठमाडौं । बलिउडमा कयौं यस्ता स्टार (कलाकार) देख्न पाइन्छ, जसले आफ्नो अभिनय र लुक्सले संसारभरका दर्शकको मन जितेका छन् ।
यस्ता केही बलिउड अभिनेत्री छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेत्रीका बारेमा चर्चा गरेका छौं ।
१. ऐश्वर्या राय बच्चन
बलिउडमा सबैभन्दा बढी सम्पत्ति भएकी अभिनेत्रीको कुरा गर्नुपर्दा ऐश्वर्या राय बच्चन पहिलो नम्बरमा आउँछिन् । उनको कुल सम्पत्ति १०० मिलियन डलर रहेको छ । उनले सन् १९९४ मा विश्व सुन्दरीको ताज समेत जितेकी थिइन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या रायले एउटा फिल्ममा काम गरेको ७ देखि ८ करोड सम्म पारिश्रमिक लिने गरेकी छन् ।
२. करिना कपुर
बलिउड सबैभन्दा धनाड्य अभिनेत्री मध्ये करिना कपुर दोस्रो स्थानमा आउछिन् । उनको कुल सम्पत्ति ६० मिलियन डलर रहेको छ । उनले एक फिल्ममा काम गरेको २० करोड सम्म चार्ज लिने गरेकी छन् ।
करिनाले हालसम्म ५७ वटा फिल्ममा काम गरिसकेकी छन् ।
३. प्रियांका चोपडा
बलिउडमा सबैभन्दा बढी सम्पत्ति भएकी अभिनेत्रीको सूचीमा प्रियांका चोपडा तेस्रो स्थानमा पर्दछिन् । प्रियांकाको कुल सम्पत्ति ५० मिलियन डलर रहेको छ ।
उनले एक फिल्ममा काम गरेको २१ करोड सम्म पारिश्रमिक लिने गरेकी छन् । उनको बलिउडमा मात्र नभएर हलिउडमा पनि उत्तिकै चर्चा रहेको छ ।
४. दिपिका पदुकोण
दिपिका पदुकोण बलिउडको धनि अभिनेत्रीको सूचीमा चौथो नम्बरमा आउछिन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले एक फिल्ममा काम गरेको २० करोड सम्म पारिश्रमिक लिने गरेकी छन् ।
करिअरको पहिलो फिल्म ओ शान्ति ओमले नै दिपिकालाई चर्चाको शिखरमा पुराएको हो ।
५. अनुष्का शर्मा
फिल्म रवने बानादी जोडीबाट फिल्म करिअर सुरु गरेकी अनुष्का शर्मा पनि बलिउडकी धनि अभिनेत्री मध्ये पाँचौ स्थानमा पर्दछिन् । उनको कुल सम्पत्ति ३६ मिलियन डलर रहेको छ । उनले पारिश्रमिक १२ करोड सम्म लिने गरेकीछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया