काममा फर्किइन् शिल्पा सेट्टी

लोकपथ
441
Shares

काठमाडौं । भारतीय सञ्चार माध्यममा यो वर्षभरि नै चर्चामा रहेका एउटा जोडी हुन् नायिका शिल्पा सेट्टी र उनका श्रीमान् राज कुन्द्रा । राज कुन्द्रा पोर्नोग्राफी केसमा हिरासतमा रहेका छन् तर नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फर्किएकी हुन् ।

शिल्पाका पति राज जुलाई १९ मा प्रहरीले पक्राउ गरेपछि शिल्पाले ३ हप्तासम्म आफ्नो काम छाडेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् । हालै मात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेटतर्फ अगाडि बढेको देख्न सकिन्छ । यसबारे भने उनले मिडियालाई केही प्रतिक्रिया दिइनन् ।

 

राज पक्राउ परेपछि आफ्नो कामबाट टाढा रहेकी शिल्पा विस्तारै पुरानै अवस्थामा फर्किने तयारीमा छिन् । यो रियाटिली शोमा शिल्पा निर्णायकको भूमिकामा छिन् । दर्शकले शिल्पालाई यो शोमा निकै रुचाएका पनि छन् ।

शिल्पा ३ सातादेखि यो शोमा उपस्थित भएकी थिइनन् । शिल्पाको अनुपस्थितिमा करिश्मा कपुर, जेनेलिया र रितेश देशमुख कार्यक्रममा अतिथि निर्णायकको रुपमा पुगेका थिए । यो शोमा गीता कपुर र अनुराग बसु निर्णायकको रुपमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?