विराटनगर, २४ चैत । मकैको उच्च मूल्य पाएपछि यतिखेर मोरङका किसान खुसी छन् ।किसानको घरदैलोमै आएर व्यापारीले उच्च मूल्यमा मकै खरिद गर्न थालेपछि यहाँका किसान खुसी भएका हुन् ।आम्दानीको राम्रो स्रोतका रुपमा मकै हुन थालेपछि मोरङका किसान वर्णशंकर (हाइब्रिड) जातको मकैखेती प्रति आर्कषित हुुन थालेका छन् । परम्परागत अन्नबाली भन्दा राम्रो आम्दानी हुुन थालेपछि यस क्षेत्रका किसानले व्यावसायिक रुपमा वर्णशंकर जातको मकैखेती गर्न थालेका हुुन ।चार पाँचवर्ष अघि करेसाबारीमा सामान्य खान तथा खाजाको लागि मात्र लगाइने मकै अहिले जग्गा भाडामा लिएर भएपनि व्यावसायिक रुपमा यसको खेतीगर्न थालेका छन् ।जहदा गाउँपालिका –७ का किसान रामकुमार यादवले गतवर्ष मकैखेतीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्न सफल भएको छ ।घोेगा र छोड्याएको मकै खरिद गर्न व्यापारी घरखेतमै आउन थालेपछि यस पटक थप अर्को जग्गामा उखुुखेती छाडेर मकैखेती लगाएको किसान यादवको भनाइ छ ।एक बिघा जग्गामा मकै लगाउँदा सबै खर्च कटाएर रु एक लाख भन्दा बढी मुनाफा हुने गरेको उनले बताए । मोरङमा हिउँदे र बर्खे मौसममा मकै लगाए पनि हिउँदमा लगाइने मकैबाट किसानले बढी आम्दानी लिइने गरेको छ ।व्यावसायिक रुपमा मकै खेतीगर्न थालेपनि सिँचाइको सहज सुुविधा नहुँदा समस्या हुुने गरेको छ । मकैखेतीका लागि सात÷आठ पटकसम्म सिँचाइ गर्नुपर्ने किसानको भनाइ छ ।हिउँदे र बर्खेगरी मोरङमा १५ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । तीमध्ये ६ हजार ५०० हेक्टर क्षेत्रफलमा वर्णशंकर जातको मकै खेती हुने गर्दछ ।कृषिलाई औद्योगिकीकरण र व्यवासायिककरण गर्ने प्रदेश सरकारले लिएको नीतिअनुसार आगामी दिनमा ले किसानलाई थप आम्दानी हुने विश्वास किसानको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया