काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी राजनीति दलसम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर पक्ष नयाँ दल दर्ताको लागि निर्वाचन आयोग पुगेको हो ।
नयाँ दल दर्ताको लागि आज बसेको महन्थ पक्षको बैठकले जसपा लोकतान्त्रिक पार्टीको नाम र साइकल चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । साथै पार्टीका एकल अध्यक्षमा महन्थ नै चयन हुने बताइएको छ ।
त्यस्तै राजेन्द्र महतो नयाँ पार्टीमा वरिष्ठ नेता बन्ने पक्कापक्की भएको जसपा स्रोतको दाबी रहेको छ ।
राष्ट्रपति भण्डारीद्वारा जारी राजीतिक दलसम्बन्धी अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलको नेता भएमा नयाँ दल गठन गर्न पाउने व्यवस्था रहेको छ । सोही अनुसार महन्थले नयाँ दल दर्ता गर्न लागेका हुन् ।
जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् । नयाँ पार्टीमा २३ सदस्यहरू रहने बताइएको छ । त्यस्तै, पार्टीका ३७ सांसद ९प्रतिनिधिसभा र राष्ट्रियसभा० हरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया