काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै विपन्न वर्गको कर्जामा परिमार्जन गर्दै लगिने जानकारी गराएका छन् ।
उनका अनुसार १५ लाख बराबरको कर्जालाई विपन्न वर्ग कर्जा अन्तर्गत राखिने व्यवस्था गरिनेछ ।
नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप उत्पादन गर्ने कम्पनीहरुलाई सहुलितयपूर्ण कर्जा उपलब्ध गराउने जनाएका छन् ।
त्यसैगरी राष्ट्र बैंकले मौद्रिक नीतिमार्फतचालू आर्थिक वर्ष मा उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया