काठमाडौं । आज मौद्रिक नीति सार्वजनिक हुँदै छ ।
नेपाल राष्ट्र बैंकले आज करिब एक महिना ढिला गरी मौद्रिक नीति ल्याउन लागेको हो ।
पूर्वनिर्धारित समयमा अध्यादेशमार्फत बजेट आए पनि सरकार परिवर्तन भएका कारण मौद्रिक नीति सार्वजनिक हुन ढिलाइ भएको हो ।
अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकमा सोही विषयमा छलफल भइरहेको छ । मौद्रिक नीतिमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा थप पहल गर्न कार्यक्रमहरु ल्याउने अपेक्षा गरिएको छ ।
मौद्रिक नीति अपरान्ह ४ बजे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन् ।
यो पनि
मौद्रिक नीति सार्वजनिक गर्ने मिति सरेको सर्यै : किन मौन छ राष्ट्र बैंक ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया