काठमाडौं । पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ ।
स्थापित पर्यटन व्यवसायी तथा नाङ्लो ग्रुपको संस्थापक कक्षपतिको सोमवार दिउँसो निधन भएको हो ।
उनी मुखको क्यान्सरबाट पीडित थिए । उपचारकै क्रममा बैंककमा उनको निधन भएको हो ।
कक्षपति हानका पूर्व अध्यक्ष हुन् भने शुभतारा स्कुलका संस्थापक समेत थिए ।
नेपालमा क्याफे संस्कार भित्राउन तथा चेन रेष्टुराँ खोलेर ममःलाई ब्राण्डिङ गर्न उनले महत्वपूर्ण योगदान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया