घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ

कलैया, २१ चैत । विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् ।सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । टोलीले उनलाई आफूसंगै हेटौँडा लगिएको छ ।एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ ग¥यौँ, नायब उपरीक्षक खड्काले भने । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौँमा बुझाउने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?