बलात्कारपछि हत्या गरेको अभियोगमा एक युवक जेल चलान

लोकपथ
56
Shares

राजविराज । राजविराजमा बलात्कारपछि हत्या गरेको अभियोगमा एक युवक जेल चलान भएका छन्।

९ वर्षीया बालिका शिवानीकुमारी यादवको बलात्कारपछि हत्या गरेको अभियोगमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादव पुर्पक्षका लागि जेल चलान भएका हुन्।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले यादव पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अदालतले जनाएको छ ।

गाउँमा हल्ला हुने डरले यादवले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। गत असार ४ गते बिहान आरोपित यादवले ती बालिकाको बलात्कार गरी हत्या गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?